३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

सरकारले हातखुट्टा छाडेको छैन :स्वास्थ्यमन्त्री (भिडियो सहित)

सरकारले हातखुट्टा छाडेको छैन :स्वास्थ्यमन्त्री (भिडियो सहित)
अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताउनु भएको छ ।  सनिबार  भिडियो सन्देश जारी गर्दै भन्नुभयो, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ ।”

 मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उहाँले आज भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गर्नुभयो । 

मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाउनुभयो ।  सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उहाँले  नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताउनुभयो । “कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ ”, उहाँले सन्देशमा भन्नुभएको छ,  “सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ ।”

उहाँका अनुसार संक्रमणको उपचारका लागि  काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ  । “सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ ”, उहाँले सन्देशमा भन्नुभएको छ । 

संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुईतीन दिनभित्र नेपालमा आपूर्ति गरिने उहाँको भनाइ छ ।  मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र  दोस्रो भेरियन्ट आक्रमणकारकी रहेकाले हठात संख्या बढ्दो रहेको जनाउनुभयो । 

उहाँले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए  नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट गर्नुभयो । नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उहाँको भनाइ छ ।  “संक्रमणको दर घटाउनमा यसले मद्दत पुु¥याउने छ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो । उपचार दोस्रो  हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,” उहाँले भन्नुभयो । 

उहाँले सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत आग्रह गर्नुभयो ।