काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। बंठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकको ठोस् एजेण्डा बाहिरिएको छैन् तथापी नियमित बैठक स्वरुप बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताईएको छ । तर कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।








