काठमाडौं । आज काठमाडौं उपत्यकामा मात्रै थप ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा ३०१, ललितपुरमा ५५०, र काठमाडौंमा २ हजार ७४४ संक्रमित थपिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ जनाको पिसिआर परीक्षण र ६२३ जनाको एन्टिजेन परीक्षण भएको थियो ।








