काठमाडौं । पछिल्लो समय पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि आजदेखि आन्तरिक हवाई उडान सेवा बन्द गर्दैछ । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग भने खुला नै राखेको थियो । तर कोरोना संक्रमितको संख्यामा दिन दिनै उल्लेख्य वृद्धि आएपछि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार रातिदेखि आन्तरिक र बुधबार (वैशाख २२ गते) बाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराएका हुन् ।
आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने बताईएको छ ।








