२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी… बिलिङ संस्कारको विकास गर्न ‘नेसनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक: अध्यक्ष यादव



फाइल फोटो
अ+ अ-

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गर्नुभयो ।

उहाँले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काकोे सहयोगी भएको समेत बताउनुभयो । लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताउनुभयो ।