२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर पुगेर प्रधानमन्त्रीले भने – पाँच वर्ष यही गठबन्धन चल्छ



अ+ अ-

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

समाजवादी मोर्चाको सन्देशसभामा सहभागि हुन विराटनगर पुगेका प्रधानमन्त्रीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

पत्रकारको प्रश्नमा संक्षिप्त जवाफ दिँदै प्रचण्डले भने, ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् ।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।