५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन महासचिव पोखरेलको चीनलाई आग्रह

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन महासचिव पोखरेलको चीनलाई आग्रह
अ+ अ-

बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्शा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गर्नुभएको छ ।

महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा ९एमाले० का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने वताउनुभयो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राख्नुभयो ।

महासचिव शंकर पोखरेलले राख्नुभएको धारणाः
–१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौँ ।
–नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ ।
–नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं । यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ । फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं । २०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशील छौं ।
–हाम्रो अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा छौं ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओको भनाइः
–एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले)लाई धन्यवाद ।
–नेकपा (एमाले)र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइँमा लैजान चाहन्छौं ।
–चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् ।
–हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।
–नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेको हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ ।
–दुई पार्टीका उच्चस्तरीय नेताहरूको भ्रमणलाई अझ बढाउनुपर्छ ।
–चीन सधैंभरि शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भबिष्यमा पनि तपाईहरूले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ ।

महासचिव पोखरेल नेतृत्वको भ्रमण दल आज छिन्हाई शहर जानेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्नु हुने छ ।

महासचिव पोखरेल आइतबार तियानमेन स्क्यायर जानुभई चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता अध्यक्ष माओत्सेतुङप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।