२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम तिर्न नसकेपछि उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो । जसमध्ये एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाएर आइतबार राति नै छुटेका थिए । गुरूङसहित बाँकि सबै जना छुटिसकेका छन् । अमिन श्रेष्ठले पनि पछि धरौटि रकम बुझाए छुट्नेछन् । रकम नबुझाएको खण्डमा मुद्दाको फैसला नभईन्जेलसम्म कारागार मै बस्नुपर्ने हुन्छ ।

सरकारी वकिल कार्यालयले उनीहरुमाथि ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा ल्याएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।