पोखरा । गण्डकी प्रदेश प्रमुखबाट आफुलाई पदमुक्त गराउनु सरकारको निरंकुशताको पराकाष्ट भएको भन्दै अमिक शेरचनले टिप्पणी गरेका छन् ।
मंगलबार बिहान पोखरामा आयोजित पत्रकार सम्मलेनमा शेरचनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस्तै पत्रकारहरुसंग बोल्दै उनले यतिबेला राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको आफुलाई अनुभूति भएको पनि बताए ।
प्रतिशोध साँधेर आफूले कसैलाई पनि पक्षपात नगरेको दावी गर्दै उनले कसैलाई त्यस्तो गरेको लागेको भए प्रमाण दिनुपर्ने जिकिर पनि गरे । त्यस्तै उनले आफु राजीनामा दिन पहिले लिएर गएको मान्छे भएको पनि बताए ।
उनले भने‘तिमीले यहाँनेर गल्ती गर्यौ भनेको भए कहाँ गल्ती गरेँ भनेर मैले हेर्थें होला,’ शेरचनले भने, ‘अब फेर्नुपर्यो भनेको भए त म राजीनामा दिन्थेँ ।








