काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा अस्ट्रेलियाका लागि नेपाली राजदूत बनेका महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गएको छ।
नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो।
सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।








