१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । आज  विनिमय दरमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरको अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

बिहीबार डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यसअघि भदौ १ मा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

यस्तै आज, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ २९ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ २६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९१ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रूपैयाँ २० पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३६ पैसा तोकिएको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६० पैसा तोकेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा तोकेको छ भने युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३९ पैसा र बिक्रीमा २८ रूपैयाँ ५२ पैसा तोकिदा कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ६० पैसा तोकेको छ ।