१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दैनिक खाद्यवस्तुको अस्वभाविक मुल्यवृद्धि गराउनेलाई कारबाही गर्छौ- आपुर्ति विभाग महानिर्देशक पौडेल (भिडियो सहित)

दैनिक खाद्यवस्तुको अस्वभाविक मुल्यवृद्धि गराउनेलाई कारबाही गर्छौ- आपुर्ति विभाग महानिर्देशक पौडेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो । 

उपभोग्य खाद्यवस्तुको आपुर्ति सहजरुपमा भइरहेको पौडेलले बताउनुभयो । महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहजरुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद गरेर संचय गर्न नपर्ने पनि आग्रह गर्नुभयो । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम वस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताउनुभयो । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’

उहाँले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौंसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘बजारमा दुई, तिन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केहीपनि छैन । चिनीको मुल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पुरा गर्न लागे । मास्क, सेनिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको  अनुगमनमा जानुपर्छ । उपभोक्ता आतंकित छन् । आतंकबाट रोक्नुपर्छ ।’ यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।