काठमाडौं । नेकपा माओवादीकेन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बिरुद्ध प्रतिगामी प्रतिक्रियावादीले षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।
कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संघर्षको एक उपलब्धीका भएको उल्लेख गर्नुभएको छ । उहाँले वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएपनि त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान समेत गर्नुभएको छ ।
शुभकामना सन्देशमा कार्ल मार्क्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको उल्लेख गर्नुभएको छ ।









