काठमाडौं । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसंगै संसद सचिवायले प्रतिनिधिसभा बैठकको तयारी तिब्र बनाएको छ ।
बैठक बस्नु पुर्व प्रतिनिधिसभामा सहभागी हुने सांसदहरु, सचिवालयका कर्मचारीहरु, सुरषा निकायमा कर्मचारी, पत्रकारलागायतको कोरोना परीक्षण गराईदै छ । यसको साथै बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र बहस भईरहँदा, विश्वासको मत लिने प्रक्रिया कसरी सम्पाद हुन्छ भन्ने चासो पनि सर्वत्र बढेको छ ।
संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो । संविधानको धारा १ सय को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ ।








