१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोरोना संक्रमणमा पोषणको महत्व (भिडियो सहित)

कोरोना संक्रमणमा पोषणको महत्व (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । हामी अहिले कोरोना संक्रमणको दोश्रो लहसँग जुधिरहेका छौँ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको विज्ञहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको कारण देशभरीका अस्पतालहरुमा विरामीको चाप बढीरहेको छ । अस्पतालमा स्थान अभावका कारण धेरै संक्रमित विरामी घरमा एकान्तवासमा छन् ।

घरमा भएका बिरामीले स्वास्थ्य सर्तकताको साथै खानपान र व्यवहारमा पनि सचेतता अपनाउनुपर्ने पोषणविद्हरुले बताउँदै आएका छन् । न्यूज एजेन्सी नेपालले वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीसँग संक्रमित विरामीमा पोषणको व्यवस्थापन कसरी गर्ने ? कस्ता खानेकुरालाई प्राथमिकतामा राख्ने भनेर सोधेको छ ।

बरिष्ठ पोषणविद् ठकुराठीले कोरोना संक्रमित भई घरमा एकान्तवासमा बसेकाहरुले प्रोटिन, भिटामिन सि र जिंन्क पाईने खानेकुरामा जोड दिन आवश्यक रहेको बताउनुभयो । अहिले बच्चाहरु, किशोर किशोरीहरु बढी संक्रमित देखिएको र यी उमेर समुहको खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा धेरै ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

यस्तै बढी उमेर समुहका संक्रमित बिरामीको पनि खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा पोषणयुक्त खानाको छनौट, बनाउने तरिका र प्रयोग समेतमा ध्यान दिनुपर्ने वरिष्ठ पोषणविद् प्रा.डा. ठकुराठीले बताउनुभयो । घरमा एकान्तवासमा बसेकाहरुले खानेकुराको पोषणमा ध्यान दिन सके, मिलाएर खान सके अहिले देखिएको कोरोना संक्रमणबाट छिटै निको हुने बताउनुभयो ।