५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

भारतविरुद्ध खेलाडीको प्रदर्शनमा धेरै खुसी छु: कप्तान पौडेल

भारतविरुद्ध खेलाडीको प्रदर्शनमा धेरै खुसी छु: कप्तान पौडेल
file
अ+ अ-

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका छन् ।

भारतविरुद्धको खेलपछि विराट कोहली र रोहित शर्मासँग कुराकानी भएको बताउदैै कप्तान पौडेलले भने ‘खेलपछि रोहित शर्मा र विराट कोहलीसँग कुराकानी भयो । छोटो कुराकानी तर उत्साहजनक थियो’।

कप्तान रोहितले नेपालको प्रदर्शनबाट धेरै खुसी रहेको बताए । ‘समग्रमा आजको प्रदर्शनबाट म धेरै खुसी छु । विशेषगरि ब्याटरबाट । ओपनरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे । मध्यक्रमका ब्याटरले अझ राम्रो गर्न सक्थे । मेरो बिचारमा २७०-२८० रन राम्रो योगफल हुनसक्थ्यो । समग्रमा खेलाडीको प्रदर्शनमा धेरै खुसी छु’।

रोहितले फिल्डिङमा वर्षापछि सितको कारणले बलरलाई चुनौती रहेको बताए । ‘बलिङमा हाम्रो योजना सामान्य थियो । गुड ऐरिया र लेन्थमा गर्ने योजना थियो । सीतको कारण बलरलाई साँच्चै चुनौती थियो । भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो प्रदर्शन गरे’, उनले भने ।

नेपालले अव सेप्टेम्बर अन्तिममा १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता टि-२० विश्वकप एसिया छनोट खेल्दैछ । रोहित ५० ओभरबाट टि२० शैलीमा जान खेलाडी तयार भएको बताएका छन् । उनले भने, ‘अव एसियन खेलकुद र टि-२० विश्वकप फरक खेलको फम्र्याट हुन् । ५० ओभरबाट २० शैलीमा जानुपर्छ । व्यवसाहिक खेलाडी भएपछि त्यसको लागि तयार हुनुपर्छ । १०/१५ दिनको समय छ । हामी तयार हुनेछौं’ ।

सोमबार भएको खेल वर्षाले प्रभावित हुदा नेपाल भारतसँग डकवर्थ लेविस(डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् भने नेपाल जित विहीन हुँदै बाहिरियो ।नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।