५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

ढुङ्गेधारामा पानी आउँछ पिउन मिल्दैन

ढुङ्गेधारामा पानी आउँछ पिउन मिल्दैन
फाईल फोटो
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।

सौगल टोलको ढुङ्गेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, “पानी फोहर भएको कारणले नखाई दिनुहोला ।” ऐतिहासिक ढुङ्गेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा पानी हप्तामा दुई दिन आउँछ । स्थानीयवासीले ट्याङ्करको पानी प्रयोग गरिरहेका छन् ।

विसं २०१५ मा राजा महेन्द्रले धारालाई पुन:निर्माण गरेपछि ढुङ्गेधारा प्रयोगमा आएको इतिहास छ । ढुङ्गेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउनुहुन्छ सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य । उहाँले भन्नुहुन्छ, “पहिले हामी ढुङ्गेधाराकै पानी प्रयोग गथ्र्यौं । अहिलेको जस्तो ट्याङ्करको पानी प्रयोग हुँदैनथ्यो । ढुङ्गेधाराको पानी पिउन र कपडा धुनका लागि टोलवासीलाई प्रशस्त पुग्थ्यो ।”

पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुङ्गेधारामा पानी आउन नै बन्द हुन्छ । करिब तीन महिना जति ढुङ्गेधारा सुक्खा अवस्थाामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयवासी बत्सगोपाल वैद्य बताउनुहुन्छ ।

पाटन दरबार क्षेत्रको आसपासको टोलमा धेरै राणाकालीन ढुङ्गेधाराहरु छन् ती ऐतिहासिक धाराहरुमा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुङ्गेधारामा पुन:निर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ । तीव्र रुपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुनसक्ने स्थानीयवासी रवीन्द्रनारायण मानन्धर बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “ढुङ्गेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ । त्यसकारणले दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।”

मल्लकालीन समयको ऐतिहासिक ढुङ्गेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकहरुका लागि पनि ढुङ्गेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धाराहरु छन् तर ती धाराको पानी पिउन मिल्दैन । ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह छ । रासस