५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेलमा बर्षा बाधक, खेल रद्द भए के हुन्छ?



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत समुहचरणको अन्तिम खेलमा यतिबेला नेपाल र भारत खेल्दैछन् । तर, बर्षा बाधक बन्दा खेल अनिश्चितको लागि रोकिएको छ ।

यतिबेला श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा मुसलधारे पानी परिरहेको छ र पिचलाई कभरले ढाकिएको छ ।

भारतले २.१ ओभरमा ब्याटिङ गरिरहेको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । नेपालले जितको लागि २३१ रनको लक्ष्य दिएकोमा भारतले १७ रन बनाउदा खेल रोकिएको हो ।

बर्षाको कारणले खेल रद्द भए के हुन्छ?

आज नेपाल र भारत सुपर फोरको लागि निर्णायक खेल खेल्दैछन् । समूह ए मा शीर्ष स्थानमा रहि पाकिस्तान यसअघि नै सुपर फोरमा गईसकेको छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । भारतको एक खेलमा एक अङ्क छ भने नेपाल अङ्कविहीन छ ।

नेपाललाई सुपर फोरमा जान आजको खेल जित्नैपर्ने दवाव छ । बर्षाको कारणले अंक बाडे पनि नेपाल अङ्कविहीन रहेकोले बाहिरिनेछ । उता, पछिल्लो खेलमा पनि अंक बाडेको भारतले आज पनि अंक बाड्दा दुई अंकको साथ सिधै सुपर फोरमा पुग्नेछ ।

समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।