२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले एफ–३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति माग्यो



अ+ अ-

एजेँसी । इजरायलले एफ—३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ ।

आईतवार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ—३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति लिएको जनाएको हो ।

इजरायली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार रक्षामन्त्री योभ ग्यालान्टले अबको केही महिनामा सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी रक्षा विभागलाई अनुरोध पत्र पठाएको बताईएको छ । इजरायलले संयुक्त राज्य अमेरिकाबाट लकहिड मार्टिनद्वारा निर्मित २५एफ—३५ विमान, सहयोगी र मर्मतसम्भार गर्ने सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको हो ।

नयाँ तीन वटा विमान २०२७ सम्म इजरायलमा आउने अपेक्षा गरिएको छ । सम्झौता पूरा भएपछि इजरायली वायुसेनालाई विमान दिइनेछ । इजरालयलले डिसेम्बर २०१६ मा आफ्नो पहिलो एफ—३५ जेटहरु खरिद गरेको थियो ।