५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

रोहित भर्सेस रोहित: यस्तो छ नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ–११

रोहित भर्सेस रोहित: यस्तो छ नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ–११
अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बाट सुरु हुनेछ ।

सुपर फोरमा पुग्न भारतलाई समुहचरण अन्तर्गतको आजको अन्तिम खेल जिल्नुपर्ने हुुन्छ । नेपाल भारतभन्दा धेरै नै कमजोर टीम हो । यद्यपी, उपाधि दाबेदार भारतले यसमा कुनै हेलचक्राई गर्न चाहदैन । त्यसैले भारतले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईका खेलाडीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ ।

भारतले आजको खेलमा पाकिस्तानसँगको टिमलाई नै मैदानमा उतार्ने देखिएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएपछि भारतले टीममा एक परिवर्तन गर्ने पक्का छ । बुमराहको स्थानमा अर्का अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले खेल्नेछन् ।

केएल राहुलले सुरुवाती दुई खेल गुमाउने भारतले प्रतियोगिता अघिनै जानकारी दिएको थियो । ओपनरमा कप्तान रोहित शर्मा र शुभमन गिल नै हुनेछन् । ओडिआईमा तीन दोहोरो शतक हानेका शर्माको प्रदर्शन महत्वपूर्ण हुनेछ । रनमेसिन विराट कोहली तेस्रो नम्बरमा खेल्नेछन् । चौथो नम्बरमा श्रेयस ऐर र पाँचौं नम्बरमा विकेटकिपर ईशान किशन खेल्नेछन् ।

त्यसैगरी छैटौं नम्बरमा अलराउन्डर हार्दिक पान्ड्या , सातौंमा स्पिन अलराउन्डर रविन्द्र जडेजा र आठौंमा शार्दुल ठाकुर खेल्नेछन् । कुलदीप यादव नवौं, मोहम्मद शामी दशौं र मोहम्मद शिराज ११ औं नम्बरमा खेल्नेछन् ।

नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।