५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ ।
यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पुर्‍याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।

सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्राडा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरुमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ । गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकरुपमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्राडा श्रेष्ठले बताउनुभयो ।

“हिमालय आँखा अस्पताल पोखराबाट आँखाका विशेषज्ञ डाक्टरको टोली उपकरणसहित वालिङ गएर शल्यक्रिया सेवा दिनुहुन्छ”, उहाँले भन्नुभयो, “प्रत्येक महिनाको १२ गते शल्यक्रिया गर्छौं । ” विशेष गरी मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने र आँखासम्बन्धी अन्य बिरामीलाई आवश्यक उपचार तथा परामर्श दिइने उहाँले बताउनुभयो । एक दिनमा २०–३० जनासम्म बिरामीको आँखाको शल्यक्रिया गरिने छ ।

आँखाको शल्यक्रिया गर्नका लागि पोखरा तथा अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हटेर गएको व्यवस्थापन समितिका अध्यक्ष खाँणले बताउनुभयो । आँखाका विशेषज्ञ तथा डाक्टरको टोलीले वालिङमै आएर शल्यक्रिया सेवा दिने भएपछि टाढा जानुपर्ने झन्झटबाट मुक्त भएको उहाँको भनाइ थियो ।

“शल्यक्रियाका लागि अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरी तयारी अवस्थामा छौँ” अध्यक्ष खाँणले भन्नुभयो, “मासिकरुपमा मोतियाविन्दुको शल्यक्रिया सेवा आफ्नै ठाउँमा विस्तार भएपछि यस क्षेत्रका नागरिकमा अन्धोपना न्यूनीकरणमा सहयोग पुग्ने छ ।” दुई पक्षबीच भएको समझदारी पत्रमा मासिक मोतियाविन्दु शल्यक्रिया सेवा विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने, आँखा उपचारसम्बन्धी सेवा अभिवृद्धि गर्न सहकार्य गर्ने, गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरी मासिक मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गर्ने, सेवालाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले आवश्यक पहल गर्ने उल्लेख छ ।

अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक ६०–७० जना आँखाका बिरामी दैनिक परीक्षण गर्न आउने गरेका गह्रौँ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताउनुभयो । परीक्षणमा आउने बिरामीमा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएमा वालिङमा शल्यक्रिया सेवा नभएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

“यहाँ आँखाको परीक्षण गर्न आएका बिरामीमा मोतियाविन्दुको लक्षण देखिएमा हामीले नाम सङ्कलन गरी १२ गते शल्यक्रियाका लागि बोलाउँर्छौं”, उहाँले भन्नुभयो, “मासिक २५–३० जनाको हाराहारीमा यहाँ मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि अन्यत्र पठाउँदै आएका थियौँ ।”

शल्यक्रिया सेवा अस्पतालमा सुरु हुने भएपछि यहाँका नागरिक अन्यत्र जान नपर्ने भएपछि सहज हुने भएको हो । हाल अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतको केही भेगका नागरिकले सेवा लिन पाउँछन् । रासस