काठमाडौ। कोविड १९ उच्च जोखिमको बेला आवश्यक सेवा के कसरी जनता माझ पुर्योउने भन्ने बारेमा काठमाडौका नेपाली काँग्रेसका सांसदहरु छलफलमा जुटेका छन् ।
काँग्रेस नेता एवम् काठमाडौ क्षेत्र नं एक सांसद प्रकाशमान सिंहको अगुवाईमा उहाँकै निवासमा भएको छलफलमा कोरोना सक्रमण तिब्र रुपमा फैलिएको अवस्थामा नागरिकको समस्यामा कसरी सहयोगी बन्न सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।

कोरोना रोकथाम र नियन्त्रण तथा नागरिकको समस्याका बारेमा सरकार उदासिन रहेको भन्दै नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सहयोग रणनीति बनाउन लागेका हुन् । छलफलमा नेता सिंह, दिब्यमणी राजभण्डारी , गगन थापा ,राध्येश्याम अधिकारी , भिमसेनादास प्रधान लगायतका सांसदहरु सहभागी हुनहुन्छ ।








