१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमालेको जीत सुनिश्चित हुने गरि छलफल गर्ने निर्णय – परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो सहित)

एमालेको जीत सुनिश्चित हुने गरि छलफल गर्ने निर्णय – परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरि दलिय छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको स्थायी समिति बैठकले विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षसँग छलफल चलाउने निर्णय गरेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो । 

स्थायी समिति बैठकले पनि विश्वासको मतका लागि दलहरुसँगको छलफल अझै संघन रुपमा अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी आगामी जेठ ६ गते हुने (बाग्मती प्रदेश) राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउने गरि छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “जेठ ६ गते हुन गईरहेको बाग्मती प्रदेशबाट निर्वाचित हुने एकजना राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरि, एमालेको जीत सुनिश्चित हुने गरि छलफल गर्ने निर्णय भएको छ । उम्मेदवारको हकमा हामी छिटै निर्णय गर्छौ । विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षसंग छलफलहरु च्लिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।”

सरकारले विश्वासको मत लिनका लागि आगामी सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आव्हान गरिसकेको छ । यसको पुर्वसन्धामा प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेटी आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर कांग्रेसले सहयोग गर्न नसक्ने जनाईसकेको छ ।