१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोरोनाबाट लड्न यस्तो खानेकुरा खानुहोस्, प्रतिरोधात्मक शक्ति बढाउँछ !

कोरोनाबाट लड्न यस्तो खानेकुरा खानुहोस्, प्रतिरोधात्मक शक्ति बढाउँछ !
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले धेरैलाई झस्काएको छ । यस्तोमा पटक पटक हात धुने, माक्स लगाउने तथा सामाजिक दुरी कायम गर्नुको साथसाथै खानपानमा पनि ध्यान दिन उत्तिकै जरुरी छ । राम्रो आहारले नै प्रतिरोधात्मक शक्ति बढाउँछ । डब्लुएचओका अनुसार कोरोनाबाट बच्न यस्तो खाना खानुपर्छ । तर पहिले त्यो खाना बनाउन अघि यी कुरामा ध्यान दिन जरुरी छ ।

खाना बनाउँदा यी ५ टिप्स अपनाउनुहोस्ः
– आफ्नो हात, पकाउने भाँडा र भान्छालाई राम्रोसँग सफा गर्नुहोस् ।
– काँचो माछा, मासुलाई पकाएको खाना तथा अन्य सामानको नजिक नराख्नुहोस् ।
– खानेकुरा राम्रोसँग पकाउनुहोस्, काँचो खाना स्वास्थको लागि हानीकारक हुन सक्छ ।
– खानालाई सुरक्षित तरिकाले ५ डिग्रीभन्दा कम र ६० डिग्रीभन्दा धेरै तापक्रममा राख्नुहोस् ।
– खाना बनाउँदा सफा पानीको प्रयोग गर्नुहोस् ।

कस्तो खाना खाने ? 
१) सन्तुलित आहार खानुपर्छ
आफ्नो आहारमा धेरै प्रकारको ताजा फलफुल खाना खानुपर्छ, जसबाट तपाईंले जरुरी भिटामिन, मिनरल्स, फाइबर, प्रोटिन तथा अक्सिडेन्ट पाउनुहुन्छ ।

२) तरकारी धेरै पकाएर खानु हुँदैन
हरेक दिन कम्तिमा पनि २ कचौरा फलफुल, २ कचौरा तरकारी, १८० ग्राम अन्न तथा १६० ग्राम मासु खानुहोस् । हप्तामा १-२ पटक रातो मासु खानुहोस्, २-३ पटक कुखुराको मासु खान सक्नुहुन्छ । रातको समयमा भोक लागेमा सलाद तथा ताजा फलफुल खानुहोस् । तरकारीलाई धेरै पकाएर खानु हुँदैन, यसो गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।

३) नुनको प्रयोग कम गरौं
धेरै नुनिलो खानेकुरा खानु हुँदैन । डब्ल्लुएचओका अनुसार दिनमा ५ ग्रामभन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन । लकडाउनको कारणले धेरैले फ्रोजन खानेकुरा किनेर ल्याएका हुन्छन्, जसमा नुनको मात्रा बढी हुन्छ । सामान किन्दा ती कुराहरु हेरेर मात्र किन्नुपर्छ ।

४) चिनी कम खानुहोस्
डब्लुएचओका अनुसार दिनमा ५ चिया चम्चाभन्दा बढी चिनी प्रयोग गर्नु हुँदैन । यदि तपाईलाई गुलियो खाना मनपर्छ भने गुलिया फलहरू खान सक्नु हुन्छ ।

५) धेरै चिल्लो खानु हुँदैन
एक दिनमा कुल भोजनको ३० प्रतिशतभन्दा बढी चिल्लो पदार्थको सेवन गर्न हुँदैन । धेरै चिल्लो खानाले स्वस्थ्यमा असर पुर्‍याउँछ ।

६) बढी फाइबरको प्रयोग
शरीरको पाचन प्रक्रियाको लागि फाइबर एकदमै महत्वपूर्ण हुन्छ । यदि तपाई पर्याप्त मात्रामा फाइबर जस्तै फलफुल, दाल, तरकारी र फाइबरयुक्त खाना खानु हुन्छ भने त्यसले तपाईलाई शक्ति दिन्छ र बारम्बार भोक लाग्दैन ।

७) बढी पानी पिउनुहोस्
कुनै पनि रोगबाट बच्न सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शरीरमा पर्याप्त मात्रामा पानीको मात्रा पुग्नु हो । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । धेरै चिसो पानी पिउनु हुँदैन । पानीमा कागती तथा पुदिना मिसाएर पनि पिउन सकिन्छ ।

८) फ्रोजन फलफुल
सबै प्रकारका फ्रोजन ताजा फलफुल जस्तै जामुन, भुईकटहर, आँप खान सकिन्छ । यी फलमा फाइबर तथा भिटामिनको मात्रा धेरै हुन्छ ।

९) दाल तथा गेडागुडी
दाल, चना तथा अन्य गेडागुडीहरु फाइबर, भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यसलाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ । तपाई गेडागुडीको सुप बनाएर पनि सेवन गर्न सक्नु हुन्छ ।

१०) मैदाको कम प्रयोग
अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । त्यसैले गहुँ, मकै, होल ग्रेन पास्ता, ओट्स जस्ता अन्न दैनिक रूपमा खानुपर्छ । तर, मैदाबाट बनेको खानेकुरा धेरै खानु हुँदैन ।

११) अण्डा
अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यसलाई फ्राई गरेर भने खानु हुँदैन । यसलाई उसिनेर खाँदा धेरै फाइदा हुन्छ ।

(एजेन्सीको सहयोगमा)