काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गायक एवं संगीतकार प्रमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
उहाँ लेख्नुहुन्छः
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
छातीमा समस्या देखिएपछि आज बिहान प्रधानलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा नै उहाँको निधन भएको हो ।
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
— K P Sharma Oli (@kpsharmaoli) May 6, 2021