३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडी नै यी चलचित्र प्रदर्शन भएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरुपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताउनुभयो । “हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ”, निर्देशक चौलागाईंले भन्नुभयो ।

चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शन भएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गर्नुभएको छ । उहाँकै लेखन रहेको चलचित्रमा निःसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व. जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो केही फरक रुपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय विताएको थिएँ ।”

चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन , विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।