५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध पाकिस्तानको यो टिम उत्रनेछ मैदानमा



अ+ अ-

काठमाडौँ । आजदेखि सुरु हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । ओडिआई क्रिकेट वरीयतामा शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्धको खेल नेपालका लागि दबाबपूर्ण रहनेछ ।

पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा नम्बर १ टोली हो । एसिया कप भन्दा ठीक अघि टोलीले श्रीलंकामा अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखला ३–० ले जितेको थियो । टोलीका शीर्ष ३ ब्याट्सम्यान इमाम–उल–हक, फखर जमान र बाबर आजमले २०१९ एकदिवसीय विश्वकपपछि १६ शतक बनाएका छन् । जुन यस अवधिमा बाँकी देशको टप–३ को तुलनामा सबैभन्दा बढी हो ।

पाकिस्तानको सामूहिक पेस बलिङ आक्रमण हाल विश्वको सबैभन्दा छिटो बलिङ आक्रमण रहेको छ । शाहीन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ तीनै जनाले १४५ किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा बलिङ गर्न सक्छन् । उनीहरुको अतिरिक्त गतिले टोलीलाई फाइदा पुर्‍याउन सक्छ ।

नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्नेछ ।

पाकिस्तानले मंगलबार साँझ नै नेपालविरुद्ध उत्रने प्लेइङ–११ सार्वजनिक गरिसकेको छ । बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक लगायत छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान ९विकेटकिपर०, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।