३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी विद्रोहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका



अ+ अ-

एजेन्सी । रूसको संस्थापनविरूद्ध विद्रोह गरेको सैन्य कम्पनी ‘वागनरु समूह’ का प्रमुख येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ ।

रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको एउटा जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको र त्यसमा येवगेनी प्रिगोजिन पनि सवार रहेको रूसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनाग्रस्त जहाजमा प्रिगोजिनसहित सात जना यात्रु र चालक दलका तीन जना सदस्य सवार रहेका प्राधिकरणले जनाएको छ । जहाज करिब आधा घन्टा उडेपछि जमिनमा खसेको र आगो लागेको बिबिसीले लेखेको छ । दुर्घटनाग्रस्त जहाजबाट अहिलेसम्म चार जनाको शव निकालिएको बताईएकाो छ ।

रूसका लागि युक्रेनसँग लडिरहेको वागनर समूहका प्रमुख प्रिगोजिनले गत असार महिनामा रूसकै विरूद्ध हतियार उठाएका थिए । उनले रूसको रोस्तोव सहरका सैन्य क्षेत्र र भरोनेजमा रहेको सैन्य क्षेत्र नियन्त्रणमा लिएका थिए । त्यसपछि उनको वागनर समूह रोस्तोवबाट मस्को पुगेका थिए ।

पछि प्रिगोजिनले बेलारूसका राष्ट्रपति लुकाशेन्कोसँग वार्ता गरे र उनकै अनुरोधमा बीचबाटै आधारशिविर फर्किएका थिए । लुकाशेन्कोकै मध्यस्थतामा प्रिगोजिनले विद्रोह रोकेर बेलारूसमा शरण लिएका थिए ।

उनी पुटिन जन्मिएको सहर सेन्ट पिटर्सबर्गका हुन् । चोरी मुद्दामा केही समय जेलसमेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे । केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्टसमेत खोलेका बिबिसीले जनाएको छ ।

पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो । यही कारणले प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको थियो।

पहिलोपटक सन् २०१४मा पहिचान भएको वागनर समूहलाई वर्षौंसम्म रूस सरकारले स्विकारेको थिएन । तर सन् २०२२ जुलाई २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो ।