७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयो: उपप्रधानमन्त्री खड्का

प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयो: उपप्रधानमन्त्री खड्का
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनु भयो ।

उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुन: सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताउनु भयो । उहाँले उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढंगले छानबिन गर्ने उल्लेख गर्दै अव संसदको ध्यान संघीयतासँग सम्बन्धित कानून निर्माणमा केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानूनहरु निर्माणको काम थाँति नै रहेकाले त्यसलाई पूर्णता दिने काममा संसद र सांसदहरु केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘यो सहमति जुटेकोमा म नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । यो सहमतीमा पुग्नका लागि सिंगो संसदमा माननीयजीहरुले आ–आफ्नो ठाउँबाट दिनुभएको योगदानका लागि नेपाल सरकारको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु । र, सिंगो संसद र माननीयज्यूहरुलाई बधाई दिन चाहन्छु । र, यस सन्दर्भमा सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्युलगायत सबैले यो परिस्थिति निर्माणका लागि योगदान पुर्‍याउनुभएको छ । दुईटा विषयमा मूल रुपमा सहमति भएको छ । यो सहमति पछि अब संसदले नेपाली जनताका सरोकारसँग जोडिएका विषय, समस्याहरुलाई छलफल गरेर निकास दिँदै जाने वातावरण निर्माण भएको छ । सँगसँगै संविधानसँग जोडिएका कतिपय संघीय कानूनहरुको निर्माण, संघीय कानूनहरुलाई संशोधन गर्ने विषयहरु हामीले चाँडो भन्दा चाँडो पारित गरेर अगाडि जानु छ । त्यो काममा पनि यो संसदले सक्रियता लिनेछ ।

र, संघीय कानूनहरु निर्माण गरेर हामीले प्रदेश र स्थानीय तहसँग जोडिएका विषयहरुलाई सहजीकरण गर्ने र सबै मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले परिलक्षित गरेका जनताका हक, अधिकारहरुलाई कानुन निर्माणमार्फत कार्यान्वयनमा जाने वातावरण बनाउन पनि संसदको यो प्रारम्भले त्यो बाटोमा केन्द्रित भएर जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । मूल रुपमा भएका सहमतिहरुमा २०८० साल साउन २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान, छानविन गरिरहेको सर्वविदितै छ । केन्द्रित अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान, छानविन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्नेछ । त्यसैगरी दोस्रो छ ।

विदेशबाट इलेक्ट्रिक सिग्रेटमा सुन राखि अवैध पैठारी (तस्करी) गरिएको मिति २०८० साउन २ गते तस्करी गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुक भित्र आईरहेको विषयलाई गम्भिरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानविन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा आवश्यक परे परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धि भएको छानबिन, अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ ऐन, २०२६ बमोजिम २०८०/६/५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ । यसरी सहमति भएर एउटा सकारात्मक वातावरण बनेको छ दलहरुका बीचमा । फेरि सहकार्य, एकताको माध्यामद्वारा देश र जनताको हितमा काम गर्ने नयाँ संकल्प पुन: भएको छ । यसले सिंगो संसदलाई, नेपाली जनतालाई पनि एउटा ठूलो आशा, विश्वास र भरोसाको जग निर्माण गर्ने विश्वास गर्दै बिदा हुन्छु ।’

उपप्रधानमन्त्री खड्काले दलहरुबीचको सहमतीले मुलुक निर्माणमा सबै दलहरु मिलेर अघि बढने विश्वासको वातावरण सृजना भएको समेत बताउनु भयो ।