२१ श्रावण २०८३, बिहीबार
,
Latest
पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० आई: कुवेतलाई हराउँदै नेपाल फाइनल नजिक



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिरिजको दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले १० रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागी इन्दु बर्माले ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले २ विकेट लिइन् भने ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालको जितमा इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठ १९ रनमा अविजित रहँदा विन्दु रावल २० रन बनाईन ।

यस्तै, ओपनर पुजा महतो शून्य रनमा आउट हुँदा सम्झना खड्काले १ रनमा विकेट गुमाईन् ।अनुभवी ब्याटर सीता रानामगर ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

कुवेतकी महियम हैदरले ४ विकेट लिइन् । मर्याम ओमारले २ विकेट लिइन् भने प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ ।




भर्खरै