२१ श्रावण २०८३, बिहीबार
,
Latest
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दु:ख व्यक्त



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

“सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्नुभएको छ, “घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।”

उहाँले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । रासस