३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छ: अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताउनुभएको छ ।

बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताउनु भयो । सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ ।

भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्‍यौं । त्यसपछि राजनीतिक वातावरण निरन्तर परिवर्तनशील रह्यो । त्यसकारण हामीले मैत्री समूह गठन गर्न अलिकति ढिलाई भएको छ । अब हामी छिट्टै नै नेपाल–जापान समूह गठन गर्नेछौं । दुवै सदनको सदस्यहरु हामी राख्ने गर्छौं । राष्ट्रिय सभा त निरन्तर छदै थियो । तर प्रतिनिधि सभासहितको बनाउनुपर्ने हुँदाखेरी हाम्रो ढिलाई भएको हो । हामी छिट्टै त्यो समूह गठन गरेर त्यसको सभापति, अध्यक्षसहितको सबै प्रावधानहरु अनुसार हामी यहाँहरुलाई जानकारी पनि गराउँछौं ।’

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा जापानको सहयोग आगामी दिनमा अझै वृद्धि हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।