११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

साना दलले सरकारलाई विश्वासको मत नदिने

साना दलले सरकारलाई विश्वासको मत नदिने
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताउनुभएको छ । 

संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गर्नुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । उहाँले मुलुकमा मधेशी, जनजाति र  आदिवासीका समस्या रहेको तर तीन वर्षमा  समाधान गर्ने प्रयास नभएको आरोप लगाउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले  नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै  विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो ।