• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै ★   कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र शाह फ्रान्स प्रस्थान ★   शम्भुजीत बासकोटालाई जापानमा ‘दीर्घ साधना सम्मान’ ★   क्रिकेटर सन्दीपको मुद्दाको पेसी आज, निर्दोष ठहर भए विश्वकप खेल्न पाउने ★   राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल ★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल

भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक



एजेन्सी । भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ ।

भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ ।

अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टीभी च्यानल दूरदर्शन र फेसबुक र यूट्यूब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

भारतको चन्द्र मिसन–३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।

चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीहरूका बीचमा प्रचारप्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।