११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

अक्सिजनको तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखापर्छ (भिडियो सहित)

अक्सिजनको तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखापर्छ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् । 

अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिनुभयो । उहाँले सरकारले अक्सिजन आपुर्ति सहज बनाउ बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले काठमाण्डौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको जानकारी दिदै सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताउनुभयो । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भईरहेको पनि उहाँले जानकारी दिनुभयो । सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गर्नुभयो ।
 
“बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्थ छैन । २४ सै घण्टा प्लाण्ट चलेको भएपनि वितरण प्रणालीमा आसाध्यै ठूलो चुनौति दिएको छ । कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपुर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन  निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । सबै प्लाण्टरु पुर्ण क्षमतामा सञ्चालनमा छन् र पुर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिण्डर उत्पादन गरिरहेको अवस्था छ । यो उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ । उपत्यकामा मात्रै ८ वटा प्लाण्ट चालु अवस्थामा छन् ।  २ वटा प्लाण्टहरु मर्मतको क्रममा छन् । २ वटा प्लाण्ट चलेको अवस्थामा पनि त्यो उत्पादनले पनि अहिलेको अवस्थामा माग थेग्न नसक्ने अवस्था छ । तत्काल सरकारले बैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने संभावना बढ्दै गएको छ ।  बैकल्पिक व्यवस्था भनेको बाहिरबाट आयात गर्ने कि यहाँको उत्पादन क्षमता बढाउने हो यसबारे तत्काल निर्णयमा पुग्नुपर्छ ।

समयमै सबैलाई समेटेर आपुर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने हरेक क्षेत्रबाट देशै भरीबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भईरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।

यो महामारी सबैको प्रयासबाट समाधान गर्ने हो । अक्सिजन भनेको आजको आजै बनाउने भन्ने संभावना छैन । त्यसैले भएका क्षमता स्रोतलाई नै अधिकतम उपभोग गरेर यो महामारीलाई परास्त गरौ । कसैले पनि घरमा स्टक राख्ने काम नगरौ, आफूले प्रयोग गरिसकेका सिलिण्डरहरु तत्काल सम्बन्धित कम्पनिमा फर्काईदिउँ । इन्डस्ट्रि«जमा भएका, कसैले घरमा लगेर राखेका छन् भने तत्काल फर्काईदिउँ । ह्स्पिटलले पनि खाली सिलिण्डरहरु तत्काल कम्पनीमा फर्काएर, यो सिलिण्डर अरुलाई पनि काम लाग्छ, अरु दुईजना विरामी बाँच्छन् भन्ने कुरामा ध्यान पुगोस् भन्ने अनुरोध गर्न चाहन्छु ।

हिजो सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको छ । हामीले उत्पादन गरेको स्थितिले अबको बजार र माग पुरा गर्न नसक्ने स्थिति आईसकेको छ । त्यसकारणले सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने संभावना मैले देखेको छु ।”

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिन देखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धीत निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराईरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।