२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको लुना–२५ अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त



अ+ अ-

एजेन्सी । रुसको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले शनिबार बेलुका करिब पौने ६ बजेबाट सम्पर्क टुटेको बताएको छ ।

प्रि–ल्याण्डिङ अर्बिट परिवर्तन गर्दा प्राविधिक गडबडी भएको थियो । लुना अगस्ट २१ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने थियो ।

रोस्कोस्मोसले उडान कार्यक्रम अनुसार पूर्वअवतरण कक्षमा प्रवेश गर्न आदेश दिएको थियो । नेपाली समय अनुसार शनिबार अपराह्न ४ः४५ बजे यो आदेश दिइएको हो । यस क्रममा अन्तरिक्ष यानले तोकिएको मापदण्डअनुसार थ्रस्टरलाई फायर गर्न नसकेपछि लुनामा आपतकालीन अवस्था सिर्जना भएको थियो ।

अन्तरिक्ष एजेन्सीले प्रारम्भिक विश्लेषणको नतिजाले अन्तरिक्ष यान गणना अनुसार सेट गरिएका मापदण्डहरूबाट विचलित भएको देखाएको छ । यसले गर्दा अन्तरिक्ष यान अफ–डिजाइन कक्षमा गएर चन्द्रमामा दुर्घटनाग्रस्त भयो ।

लुना–२५ अगस्ट ११ मा भोस्टोनी कस्मोड्रोमबाट सोयुज २.१बी रकेटमार्फत प्रक्षेपण गरिएको थियो । लुना–२५ सोही दिन पृथ्वीको कक्षबाट चन्द्रमामा पठाइएको थियो । यो अन्तरिक्ष यान अगस्ट १६ मा दिउँसो २ः४५ मा चन्द्रमाको १०० किलोमिटर कक्षमा पुगेको थियो ।

रुसले ४७ वर्षपछि चन्द्रमामा आफ्नो मिशन पठाएको थियो । यसअघि सन् १९७६ मा लुना–२४ मिसन पठाएको थियो । लुना–२४ लगभग १७० ग्राम चन्द्रमाको धुलो लिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको थियो । अहिलेसम्म भएका सबै चन्द्रमा मिसनहरू चन्द्रमाको भूमध्य रेखामा पुगेका छन्, यो पहिलो पटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न लागेको थियो ।