२३ असार २०८३, मंगलवार
,
Latest
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर प्रधानमन्त्री निवास बालुवाटारमा



अ+ अ-

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालुवाटारमा पुग्नुभएको छ। 

केहीबेर अघिमा अध्यक्ष ठाकुर बालुवाटार पुग्नुभएको स्रोतले बताएको छ ।

२७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए । जसपामा यतिबेला महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच १६–१६ जना सांसद छन् ।

संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी  ३० वैशाखको साँझ ९ बजेसम्मलाई समय तोक्नुभएपछि सत्ता समीकरणका लागि नेताहरुको दौडधुप बढेको छ ।