काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ । अमेरिकाले बुधबार ट्राइल एड्भाइजरी जारी गर्दै यस्तो बताएको हो ।
जसका लागि सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरिएको छ । जसमा अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न उल्लेख गरिएको छ ।
कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले जनाएको छ ।
Travel Advisory Elevation to Level Four – Do Not Travel; COVID-19 Response











