६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्छौँ: उपाध्यक्ष श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरालाई मात्रै राख्ने बताउनुभएको हो ।

उहाँले सो योजनामा मन्त्रालयगत कुरा नराखिने र पहिलेको भन्दा फरक तरिकाले ल्याइने बताउनु भयो । उहाँले सोह्रौँ योजनामा मुल रुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेट्ने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयहरुले के–के गर्ने हो भन्नेकुरा सम्बन्धित मन्त्रालयले नै गर्नुपर्ने बताउनु भयो । उहाँले सामाजिक न्याय कायम नभएसम्म समृद्धि हासिल नहुने भन्दै सामाजिक न्याय कायम गर्नका लागि पनि सोह्रौँ योजनामा जोड दिइने बताउनु भयो । मुलुकमा कुनैपनि प्रकारको विभेद कायम नहोस् भन्नेमा पनि ध्यान दिइने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राज्यबाट पछि पारिएका वर्गको उत्थानमा पहिलो जोड दिनुपर्छ । त्यसकारण अरु विकास भएतापनि सामाजिक न्याय कायम भएन भने समृद्धि हुँदैन । समृद्धि पहिला कि सामाजिक न्याय पहिला त भन्दा सामाजिक न्याय हासिल भएपछि पो समृद्धिमा जानुपर्‍यो । नत्र समृद्धि हासिल हुन सक्छ । पहिले मुलुक समृद्ध भयो, मान्छेहरु धनि भए भने गरिबले अलिअलि आफैँ पाउँछन् भन्ने थियो, त्यसो होइन । मुलुक समृद्ध हुँदाखेरी कुनैपनि छुवाछुतको दलित भन्ने, लिङ्गको, अन्य वर्गको आधारमा कुनैपनि विभेद कायम नरहोस् भन्ने नै यसमा जोड छ । त्यसै अनुरुप सोह्रौं योजनामा केही–केही कुराहरु नयाँ हुँदैछन् ।

अहिले हामीले प्रदेश योजना आयोगहरु, प्रदेश सरकारहरुसँग पनि समन्वय गरिराखेका छौँ । सोह्रौँ योजनालाई केन्द्रिय योजना मात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनलाई के गर्नुपर्छ भनेर हामीले छलफल गरेका छौँ । अहिले सोह्रौँ योजनामा कृषिको कुरा आएन, पर्यटन, उद्योगको कुरा आएन । यसमा केहीपनि मन्त्रालयगत कुरा राखेका छैनौँ । यो हाम्रो सोह्रौँ योजना पहिलाको भन्दा फरक पनि हो । यसमा उत्पादन कसरी बढाउने, रोजगारी कसरी बढाउने त्यो मात्रै राख्छौँ । कृषिले के गर्नुपर्‍यो ? हामीले यो–यो गरेर उत्पादन बढाउँछौँ । उद्योगले, हामीले यो–यो गरेर उत्पादन बढाउँछौँ भनेर राख्नुपर्‍यो । त्यस्तै कृषिले यो क्षेत्रमा यति रोजगारी उत्पादन गर्छौं, उद्योगले त्यसैगरी यो क्षेत्रमा यसरी रोजगारी सिर्जना गर्छौं यो किसिमले पहिला भन्दा फम्र्याटमा र फोकसमा फरक छ ।’

उहाँले सोह्रौँ योजनालाई केन्द्रिय योजना मात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनका लागि प्रदेश योजना आयोगहरु र प्रदेश सरकारहरुसँग पनि छलफल गरिरहेको बताउनु भयो ।