२३ असार २०८३, मंगलवार
,
Latest
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङले लिए पुनः शपथ



अ+ अ-

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख सीता पौडेलले  वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेतासमेत रहनुभएको गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुनुभएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गर्नुभएको छ । अब गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

उहाँमा कोरोना संक्रमण रहेकाले आवश्यक स्वाथ्य मापदण्ड पूरा गराई पद तथा गोपनीयताको सपथ गराइएको स्रोतले बताएको छ ।