११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

सङ्कटमा भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह

सङ्कटमा भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गर्नुभएको छ ।

निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक पोखरेलले भने, “महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।”

नेपाल उद्योग बाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।

उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार  छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । काठमाडौँ उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योगहरु सञ्चालित छन् । दैनिक १५ हजार सिलिण्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट हाल सात हजार २ सय सिलिण्डर उत्पादन हुने गरेको छ ।