२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदूरको मृत्यु भएको छ । विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट  खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । 

बुधबार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले रानाको मृत्यु भएको हो । घनटामा सोही स्थानका ५० वर्षीय मिठु राना  घाइते भएका छन् । घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ ।

सो जलविद्युत् परियोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइएसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित तीन हजार भन्दा बढी मजदूर कार्यरत छन् । 
नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ । 

आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।