२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक, रेकर्ड कायम गर्ने अपेक्षा



अ+ अ-

एजेन्सी । इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारबाट शुरु भएको छ ।

बिदाको शुरुवाती दिन मंगलवार इटालीमा पर्यटकहरुको रेकर्ड ब्रेक भएको बताइएको छ ।

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको हो । यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकहरुले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो ।

तर यस वर्ष भने सो संख्या भन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ ।

अहिले पर्यटकहरुको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरुको भनाइ छ ।