काठमाडौ । राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कोरोना सक्रमणको रोकथाम र नियन्त्रणमा सरकार लाचार बनेको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत डा .लोहनीले अक्सिजनको अभावमा नागरिकहरु अस्पतालमा मृत्युवरण गर्न वाध्य रहेको प्रति चिन्ता गर्दै सरकार निरिह रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
उहाँले लेख्नुभएको छ प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली आज नांगो भएको वास्तबिकता जनता सामु स्पष्ट भएको छ । उहाँले प्रजातान्त्रिक शशक्तिकरणको वाटोमा हरेश नमानि राष्ट्रको पुनर्जागरणको निमित्त प्रतिवद्द भएर अगाडि वढन सवैमा आव्हान समेत गर्नुभएको छ ।








