जापान । जापानले कोरोना संक्रमण फैलिएका देशमा प्रबेश गरेको १४ दिन नकटेका कसैलाई पनि जापान प्रबेश नदिने भएको छ । जापान सरकारले नेपाल सहित भारत र पाकिस्तान प्रबेश गरेका जो कोहिलाई पनि १४ दिन सम्म प्रबेश नदिने भएको हो ।
यसको अर्थ माथि उल्लेखित देशमा रहेका कसैले पनि जापान प्रबेश गर्न नपाउने भएका हुन । अहिले सम्म जापान बसाइको अनुमती पाएका र यहिको स्थाइ बसोबास अनुमती पाएकालाई ३ दिन सरकारले तोकेको स्थानमा र १४ होम क्वारेनटाइन बस्ने शर्तमा जापान प्रबेश गर्न दिएको थियो ।
अब काम बिशेषले नेपाल, भारत र पाकिस्तान प्रबेश गरेका कसैले (जापानी नागरिक बाहेक) पनि प्रबेश नपाउने भएका हुन । सरकारले १४ तारिख राती १२ बजेबाट उक्त नियम लागु गर्न लागेको बिदेश मन्त्रालयले जनाएको छ ।








