११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

माधब नेपाल सहित चार नेता माथी गरिएको कारबाही फुकुवा (भिडियो सहित)

माधब नेपाल सहित चार नेता माथी गरिएको कारबाही फुकुवा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिले बरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेता माथि गरेको कारवाही फिर्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । 

पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टी भित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु विर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल,भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ र आफ्नै सरकार ढालेर विपक्षीहरुको सरकार बन्ने बनाउने र त्यसका निम्ति मुख्य कारक बन्ने  बाटोमा नहिड्न साथीहरुलाई आव्हान पनि गरेको छ । बैठकले पार्टी भित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलई प्रत्यायोजन गरेको छ । ”

बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारी बारे जानकारी गराउनुभएको थियो । बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पुर्ण क्षमता र सम्पुर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ ।

यसैबीच नेता ज्ञवालीले पार्टी २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कने संभावना नरहेको संकेत गर्नुभएको छ । पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बैठकले केही निर्णय गर्यो भन्ने संञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका पक्षमा दृढतापुर्वक उभिएका पुर्व माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुको योगदानको अवमुल्यन गर्ने खालको निर्णय नहुने बताउनुभएको हो । तर अन्य विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अख्तियारी भने अध्यक्षलाई दिईएको उहाँले जानकारी दिनुभयो ।उहाँले नेतृत्वले पार्टी एकता र पार्टीको वृहतर हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताउनुभयो ।

उहाँले “राष्ट्रिय राजनीतिकको पक्षमा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको छ । तर प्रतिकुल अवस्थामा देशभरको सिंगो पार्टी पक्ति भिडेको छ । उहाँहरुको मनोबल खस्काउने अथवा असाध्यै प्रतिकुल अवस्थामा नेतृत्वको पक्षमा दृढता पुर्वक उभिनु भएका पुर्व माओवादी कमरेडहरु जो अहिले नेकपा एमालेमा आवद्ध हुनुहुनुन्छ उहाँहरुको योगदानलाई अवमुल्यन गर्ने खालका कुनै पनि निर्णयहरु हुदैनन् । अन्य कतिपय विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ । त्यो छलफल र आवश्यक सहमति र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।”

नेपाल खनाल समुहका सांसदहरुले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपाल खनाल समुहले विगतमा पनि दलको अध्यक्षलाई अध्यक्षबाट, साधरण सदस्यताबाट पनि बरखास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढंगले योगदान गर्न पनि बैठकले आव्हान गरेको बताउनुभयो । कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टी भित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि उहाँले बताउनुभयो ।