काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठमा पुगेका छन्। उनीहरुबिच बिहान साढे ११ बजेदेखि भेटवार्ता जारी छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीत रहेर छलफल भइरहेको छ। आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारवाही पनि फुकुवा गरेको छ।
देउवालाई भेट्न सुरूमा नेता महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्।








