११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

उद्योग बाणिज्य महासंघले तयार पारेका आईशोलेसन सेन्टर संञ्चालनमा

उद्योग बाणिज्य महासंघले तयार पारेका आईशोलेसन सेन्टर संञ्चालनमा
अ अ+ अ-

काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघलेअगुवाईमा निर्माण भएको  आइशोलेसन सेन्टर बिहिबार बाट संचालनमा आएको छ । महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग तथा सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा आइशोलेसन सेन्टर निर्माण गरेको हो । 

ड्राई अक्सिजन र आपतकालिन उपचार विनाको आइशोलेसन सेन्टर संचालनमा तयार भएको महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले जानकारी दिनुभयो ।  आइशोलेसन सेन्टरमा ४० बेड रहने छन् । यसै गरी सेन्टरमा खेल सामग्रीहरु पनि राखिएका छन् । अचार्यले भन्नुभयो  " आज देखि  ड्राई आइसोलेसन (अक्सिजन नभएको) सेन्टर ४०बेड जैन निकेतनमा शुरु गर्यौं, अन्य स्थानमा थप गर्दै जानेछौं ।"

उहाले सबै मिलेरै कोरोना सक्रमण बिरुद्ध लड्नु पर्ने भन्दै आबश्यक सामाग्री  र औषधि उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।  उहाका अनुसार  यहाँ निम्न आय भएका दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने संक्रमितहरूलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधि मार्फत स्वास्थ्य उपचार गरि आइसोलेसनमा निःशुल्क रुपमा राखिने छ ।