२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोसाक मात्र हो कि समस्याहरु पनि मिलेका हुन् !



अ+ अ-

काठमाडौ । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।

नेकपा एमाले भित्रको बिवाद हल गर्न अध्यक्ष केपी संग सम्वाद गर्न बरिष्ठ नेता नेपाल जादै गर्दा नेपाल समूहका प्रभाबशाली सदस्य एबं ओलीका कट्टर आलोचक भीम रावले  सामाजिक संञ्जालमा यस्तो स्टाटस पोष्ट गर्नुभयो ।

तर नेपालका बिश्वासपात्रमा रुपमा चिनाउदै आउनु भएका रावलले ओली र नेपाल बीच केी दिन देखीनै सहमतिको प्रयासका बारेमा थाहा पाउनु भएन वा जानकारी गराईएन नत्र निर्णायक वार्ताको अगाडी यस्तो अभिब्यक्ति पक्कै पनि आउदैन थियो होला ।

सन्दर्भ यहा राजनीतिक वार्ता के भयो भन्ने भन्दा पनि उहाहर बीच कति सानो सानो कुरामा पनि सल्लाह भएको थियो भन्ने हो । उहाँहरु बीच वार्ता भएको घरधनी क्याप्टेन रामेश्वर थापाले सार्बजनिक गर्नुभएको तस्वीर अनुसार उहाँहरु जुत्तको रंगदेखी , सुटरंगको ढाका टोपी सम्म रंग मिलेको देखिन्छ ।

 ताकी हामीहरु मन देखी नै मिलेका छौ है भन्ने सन्देश कार्यकर्ता माझ पुर्योउनका लागि पनि नेताहरुले यो शैलीमा तस्वीर खिचाएको हुनुपर्छ ।  वार्ता पनि तत्कालका लागि सफल भयो आखिर  नेता रावलले भने जस्तो असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ बाट होईन असाधारण समस्याको समाधान गर्न साधारण पाइला बाट पनि हुन्छ भन्ने सन्देश ओली र नेपालले दिएका हुन कि ।