काठमाडौं । आज नेकपा एमालेका माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे माधव नेपाल पक्षको शीर्षनेताहरुको बैठक जारी छ ।
बैठकमा नेता नेपालले बिहिबार भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गर्दैछन् ।
२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने पनि स्रोतले बताएको छ ।
अहिले शीर्षनेताहरुको बैठक जारी रहेको छ भने केन्द्रीय सदस्यहरुसँगको बैठक आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिनेछ ।











